शुक्रबार, साउन २९, २०८३

केपी ओलीले म्वाईं खाए पनि विष लाग्छ : राजेन्द्र श्रेष्ठ

'अहिले ठाउँठाउँमा भन्छन्- आई लभ यू केपी बा। तर तपाईंलाई थाहा छ? जसरी सर्पले दूध खाए पनि विष लाग्छ। त्यसै गरी केपीले म्वाई खाए पनि विष लाग्छ,' श्रेष्ठको भनाइ छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले केपी शर्मा ओलीले म्वाइ (चुम्बन) खाए पनि विष  लाग्ने बताएका छन्। सत्ताधारी ५ दलीय गठबन्धनले भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई भोट माग्न आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै नेता श्रेष्ठले यस्तो बताएका हुन्। 

'अहिले ठाउँठाउँमा भन्छन्- आई लभ यू केपी बा। तर तपाईंलाई थाहा छ? जसरी सर्पले दूध खाए पनि विष लाग्छ। त्यसै गरी केपीले म्वाई खाए पनि विष लाग्छ,' श्रेष्ठको भनाइ छ। 

गत चुनावबाट संविधान कार्यान्वयन गर्ने म्यान्डेट केपी ओलीले पाएको तर उनले लोकतन्त्र र संविधान मास्ने काम गरेको उनको आरोप थियो। 'लोकतन्त्र सुदृढीकरण गरी जाने विश्वास पनि जनताले लिएका थिए। तर उनले दुई-दुई पटक प्रतिनिधि सभा विघटन गरे,' उनले थपे, 'दूधको रक्षा गर्न बिरालो खटाएको जस्तो भो। तर सबै दूध बिरालोले खाइदियो। ओलीले त्यसै गरी संविधान र प्रतिनिधिसभा खाइदियो।' 

केपी ओली सपना बाँढ्न माहिर भएको तर काम भने नगर्ने  उनको  भनाइ छ। 

प्रकाशित: May 05, 2022| 15:06 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...