मंगलबार, असार ९, २०८३

पहिलो कार्यकालमा कास्टिङ देखाएँ, अब पूरै फिल्म देखाउँछु : रेणु

सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी रेणु दाहालले विगत ५ वर्षमा आफूले भरतपुरमा गर्व गर्न लायक कामहरु गरेको दाबी गरेकी छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी रेणु दाहालले विगत ५ वर्षमा आफूले भरतपुरमा गर्व गर्न लायक कामहरु गरेको दाबी गरेकी छन्।

National life

बिहीबार गठबन्धनका तर्फबाट भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै दाहालले आफ्नो पहिलो कार्यकालमा टाउको झुकाउनु नपर्ने गरी आँखामा आँखा जुधाएर गर्व गर्न लायक काम गरेको बताइन्।

उनले महानगरमा थुप्रै विकासका कामहरु सुरु गरेको भन्दै ती कामहरु कास्टिङमात्रै भएको र अब फेरि जितेर पूरै फिल्म देखाउने बताइन्। भनिन्, ‘हामीले कास्टिङ देखाएका छौं, अब पूरै फिल्म देखाउँछौं।’ उनले राष्ट्रिय गौरवका आयोजनाहरुलाई पूरा गर्ने भन्दै विगतमा गरेका प्रतिवद्धता पत्रभन्दा माथि उठेर सबैसँग सहकार्य गरेर समृद्ध महानगरतर्फ अघि बढाएको बताइन्।

दाहालले आफ्नो जित सुनिश्चित रहेको पनि दाबी गरिन्। ‘हाम्रो जित सुनिश्चित छ। केपी ओली प्रवृत्तिलाई मतबाटै परास्त गर्नुपर्नेछ।गठबन्धनको साझा मेयर भएर काम गर्नेछु र गठबन्धनलाई दिगो रूपमा लैजानेछु,’ उनले भनिन्।

प्रकाशित: May 05, 2022| 14:44 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...