मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस चितवनका पूर्वसभापति गुरुङले भने– संवादमा शीर्ष नेतृत्व चुक्यो

कांग्रेस चितवनका पूर्वसभापति गुरुङले भने– संवादमा शीर्ष नेतृत्व चुक्यो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवन कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले अहिलेको गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिनुपर्ने बताएका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवन कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले अहिलेको गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिनुपर्ने बताएका छन्। गुरुङले चुनाव सकिएपछि र पद प्राप्त भएपछि गठबन्धन तोड्ने परम्परा हट्नुपर्ने बताए।

National life

‘चुनाव र पद प्राप्तिका लागि गठबन्धन गर्ने तर चुनाव सिद्धियो, पद प्राप्त भइसकेपछि गठबन्धन भंग भयो भने मजस्ता कार्यकर्तालाई विश्वास गर्न गाह्रो हुन्छ। त्यसैले गठबन्धनका नेताहरूले यसमा ध्यान दिनुपर्छ,’ भरतपुरमा आज सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा उनले भने।

गुरुङले टिकट बाँडफाँडमा कतिपयलाई मर्का परेको भए पनि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए। त्यस्तै गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल र पाका नेता कृष्णलाल सापकोटासँग शीर्ष नेताले समयमै छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेकोमा दुःख व्यक्त गरे। शीर्ष नेतृत्वले उम्मेदवारी मनोनयनअघि नै पौडेललगायतका असन्तुष्ट नेतासँग छलफल गर्न चुकेको उनको भनाइ थियो।

बिहीबारको सभामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका गठबन्धनका शीर्ष नेता सहभागी छन्।

प्रकाशित: May 05, 2022| 14:27 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...