शुक्रबार, साउन २९, २०८३

चुनाव प्रचार गर्न थाहा नगरका प्रमुख विष्टले दिए राजीनामा

मकवानपुरको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले पदबाट राजीनामा दिएका छन्। बिहीबार नगर प्रमुख विष्टले उपप्रमुख खड्ग गोपाली समक्ष राजीनापत्र बुझाएका हुन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

हेटौंडा- मकवानपुरको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले पदबाट राजीनामा दिएका छन्। बिहीबार नगर प्रमुख विष्टले उपप्रमुख खड्ग गोपाली समक्ष राजीनापत्र बुझाएका हुन्। 

आसन्न निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएको भन्दै उनले राजीनामा दिएको बताएका छन्।

'नगरप्रमुख पदमा रहेर पार्टीको कार्यक्रममा हिड्न आचारसंहिताले दिँदैन। त्यसैले मैले पदबाट राजीनामा दिइएको हुँ,' उनले भने।

माओवादी केन्द्रका उमेदवार बिष्णु बिष्ट आदर्शलाई आगामी बैशाख ३० मा हुने निर्वाचनमा जिताउनका लागि अब उनी विभिन्न चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। थाहा नगर कम बेरुजु भएको स्थानीय पालिका हो।

प्रकाशित: May 05, 2022| 13:17 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...