शुक्रबार, साउन २९, २०८३

भरतपुरमा सहजै चुनाव जित्छौं : प्रचण्ड

चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा स्थानीय तहको निर्वाचन सजिलै जित्ने दाबी गरेका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

चितवन- चितवन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा स्थानीय तहको निर्वाचन सजिलै जित्ने दाबी गरेका छन्।  

चितवनको भरतपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै भरतपुर महानगरमा उठेका बागी उम्मेदवारले केही असर नगर्ने बताए।  

आफूलाई  निर्वाचन जित्न कुनै अप्ठ्यारो हुन्छ भन्ने नलागेको र धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुने उनले बताए। गठबन्धन आफ्नो लाइनमा अगाडी बढेकाले बागीको उम्मेदवारको धेरै चर्चा गर्नु भन्दा पनि आफ्नो काममा अगाडी बढ्दा सहज हुने उनको भनाई थियो। 

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत नेता चितवन  पुगिसकेका छन्।  

भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट रेणु दाहाल मेयरको लागि चुनावी मैदानमा छिन् भने उपमेयरमा कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन्। त्यस्तै एमालेका तर्फबाट विजय सुवेदी मेयरको उम्मेदवार छन्।

प्रकाशित: May 05, 2022| 12:54 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...