शुक्रबार, साउन २९, २०८३

राप्रपाले हेटौँडामा चुनावी सभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुरमा चुनावी सभा गर्ने भएको छ। राप्रपा मकवानपुरले वैशाख २५ गते हेटौँडामा चुनावी सभा गर्ने भएको हो।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुरमा चुनावी सभा गर्ने भएको छ। राप्रपा मकवानपुरले वैशाख २५ गते हेटौँडामा चुनावी सभा गर्ने भएको हो। 

आसन्न स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको लागि राप्रपाले २५ वैशाखमा आमसभा गर्न लागेको छ। सभालाई पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले सम्बोधन गर्ने छन्।

राप्रपा मकवानपुर प्रवक्ता विशभ अधिकारीले हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा आमसभा हुने बताएका छन्। आमसभामा पार्टी प्रवेश कार्यक्रमसमेत रहेने राप्रपा मकवानपुरले जनाएको छ।

प्रकाशित: May 05, 2022| 11:17 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...