शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रामचन्द्र पौडेललाई जगन्नाथको जवाफ– सम्मानका लागि भेट्न आएको हुँ, चुनाव प्रचार गर्न हिँडेँ

रामचन्द्र पौडेललाई जगन्नाथको जवाफ– सम्मानका लागि भेट्न आएको हुँ, चुनाव प्रचार गर्न हिँडेँ

चितवनमा आज बिहीबार हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता एवं गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग कुराकानी गरेका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– चितवनमा आज बिहीबार हुने गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न भरतपुर पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता एवं गठबन्धनको निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले भरतपुरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग कुराकानी गरेका छन्।

भरतपुरमा नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै उनका प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग भेट गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्।

भेटमा पौडेलले संविधान सिध्याउने षड्यन्त्र भइरहेको र स्थानीय तहसम्मै षड्यन्त्रको डिजाइन भइरहेकोले गठबन्धनलाई सहयोग गर्न आग्रह गरेको एक सहभागीले बताए। जवाफमा जगन्नाथका प्रस्तावक एवम् पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले कांग्रेस जोगाउन आफूहरूले स्वतन्त्र प्रतिस्पर्धा गरेकाले उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारेका थिए।

‘रामचन्द्रजी! तपाईंले बारम्बार फोन गर्नुभएकोले सम्मानस्वरुप भेट्न आएका हौं। गठबन्धनका विषयमा हाम्रो विमति छैन। भोलि प्रचण्डलाई सहयोग पनि गरौंला। यसपटक दोहोर्याएर रेणुलाई सहयोग गर्न भने सक्दैनौं,’ पौडेललाई सापकोटाले भनेको कुरा उद्धृत गर्दै एक सहभागीले भने।

जगन्नाथले कांग्रेस बचाउने अभियानमा आफू एक्लै नरहेको र धेरैको साथ पाएकोले पछाडि फर्कने अवस्था नरहेको बताएका थिए। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूले पौडेलसँग छलफल गर्ने भनिए पनि उनी चुनाव प्रचारमा जानु छ भन्दै हिँडेका थिए।

सत्तारुढ गठबन्धनले आज दिउँसो भरतपुरमा संयुक्त चुनावी सभा आयोजना गरेको छ। सभालाई देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा हिजो बुधबार साँझ नै भरतपुर पुगेर असन्तुष्ट रहेका चितवन कांग्रेसका नेता कार्यकर्ताहरुलाई भेटघाट गरेका छन्।


प्रकाशित: May 05, 2022| 10:29 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...