शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • वरिष्ठ नेता पौडेललाई उम्मेदवारी निष्क्रिय बनाउँदिन भनेँ, सभापतिलाई भेट्दिनँ : जगन्नाथ

वरिष्ठ नेता पौडेललाई उम्मेदवारी निष्क्रिय बनाउँदिन भनेँ, सभापतिलाई भेट्दिनँ : जगन्नाथ

चितवनमा नेपाली कांग्र‍ेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेललाई फकाउने शीर्ष नेताहरूको प्रयास पनि असफल बनेको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- चितवनमा नेपाली कांग्र‍ेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेललाई फकाउने शीर्ष नेताहरूको प्रयास पनि असफल बनेको छ।

गएराति चितवनमा बास बसेका प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताहरूको जगन्नाथलाई फकाउने प्रयास असफल भएको हो।

जगन्नाथलाई प्रधानमन्त्री देउवाले बिहीबार बिहान भेट्न खोजेका थिए। तर, उनले प्रधानमन्त्री देउवासँग भेट्न मानेका छैनन्। नेपाल समयसँग कुरा गर्दै पौडेलले सेड्युल अनुसार आफूहरू चुनावी घरदैलोमा घटिएको बताएका छन्।

उनले वरिष्ठ नेता पौडेललाई भने भेटेका छन्। भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि उनीहरूबीच छलफल भएको छ। 

बिहीबार बिहान होटेल सिरागचुलीमा वरिष्ठ नेता पौडेलले जगन्नाथ, मिना खरेल र कृष्णलाल सापकोटासँग छलफल गरेका थिए।

जगन्नाथ मेयर उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए। उनीहरू पनि कांग्रेस कार्यकर्ता हुन्।

भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गरेका थिए। तर, जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्‍याएको बताएका छन्।

'उहाँले उम्मेदवारी निष्क्रिय पार्न आग्रह गर्नुभएको थियो। तर, हामी जनभावना अनुसार निकै अघि बढिसकेका छौं। अब मेरो उम्मेदवारी निष्क्रिय हुँदैन,' उनले भने।

भरतपुरमा कांग्रेसले मेयर पाउनुपर्ने अडानमा रहेका जगन्नाथले मेयर नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रकाशित: May 05, 2022| 09:33 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...