मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रामचन्द्र पौडेल र भरतपुर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथबीच भेटवार्ता

रामचन्द्र पौडेल र भरतपुर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथबीच भेटवार्ता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलबीच भेटवार्ता भएको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलबीच भेटवार्ता भएको छ। रामचन्द्र र जगन्नाथबीच बिहीबार बिहान भेटवार्ता भएको हो।

National life

भरतपुरमा आज सत्तागठबन्धनले गर्न लागेको चुनावी सभाअघि उनीहरूबीच छलफल भएको छ। आज बिहान होटेल सिरागचुलीमा वरिष्ठ नेता रामचन्द्रले जगन्नाथ, मिना खरेल र कृष्णलाल सापकोटासँग छलफल गरेका थिए।

जगन्नाथ मेयर उम्मेदवार बन्दा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए। उनीहरू पनि कांग्रेस कार्यकर्ता हुन्।

भेटमा जगन्नाथलाई रामचन्द्रले उम्मेदवारी निष्क्रिय बनाउन आग्रह गरेका थिए। तर जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्‍याएको बताइएको छ।

भरतपुरमा कांग्रेसले मेयर पाउनुपर्ने अडानमा रहेका जगन्नाथले मेयर नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

Shivam cement

प्रकाशित: May 05, 2022| 09:16 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...