मंगलबार, असार ९, २०८३

एमाले अध्यक्ष ओली आज सुदूरपश्चिम जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिममा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्न त्यसतर्फ जाने भएका छन्। उनले त्यसक्रममा तीनवटा चुनावीसभालाई सम्बोधन गर्ने छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिममा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्न त्यसतर्फ जाने भएका छन्। उनले त्यसक्रममा तीनवटा चुनावीसभालाई सम्बोधन गर्ने छन्।

National life

ओलीले कञ्चनपुर र कैलालीका तीन ठाउँमा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमसभालाई ओलीले सम्बोधन गर्ने छन्।

अध्यक्ष ओली हवाईजहाजबाट धनगढी अवतरण गर्ने र हेलिकप्टरमार्फत बर्दगोरियाको कार्यक्रममा सहभागी हुने छन्। त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्नेछन्। त्यसपछि धनगढीको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: May 05, 2022| 08:02 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...