मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन परीवेक्षण समितिका अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन

निर्वाचन परीवेक्षण समितिका अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन

निर्वाचन आयोगले निर्वाचन परीवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन परीवेक्षण समितिका अध्यक्ष प्रदीप पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

National life

वैशाख १९ गते टेलिभिजनमार्फत प्रकाशन/प्रसारण भएको अन्तर्वार्तालाई लिएर आयोगले अध्यक्ष पोखरेललाई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो।

निर्वाचन आचारसंहिता–२०७८ को विपरीत हुने गरी राजनीतिक दल हैन स्वतन्त्र उम्मेदवारलाई हेर्नुपर्छ भनी मतदातालाई प्रभाव पार्ने, दलहरूले नियुक्त गरेको निर्वाचन आयोग र निर्वाचन आयुक्तहरू भनी संवैधानिक आयोगको गरिमामाथि नकारात्मक टिप्पणीसहितका अभिव्यक्ति दिएको देखिएको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो।

अध्यक्ष पोखरेलले व्यक्त गरेका धारणा निर्वाचन पर्यवेक्षण समितिको आधिकारिक धारणा हुन् वा निजी अभिव्यक्ति हुन्? २४ घण्टाभित्र आयोगमा लिखित स्पष्टीकरण पेस गर्नु भनिएको छ।

प्रकाशित: May 05, 2022| 07:30 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...