शुक्रबार, साउन २९, २०८३

आईजीपी बढुवाविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुने

प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाइ हुने भएको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाका विषयमा परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबार पनि सुनुवाइ हुने भएको छ। बुधबारको सुनुवाइ नसकिएपछि मुद्दालाई आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। 

एआईजी विश्वराज पोखरेलले आफू सिनियर हुँदा हुँदै जुनियर व्यक्तिलाई आईजीपी बनाएको भन्दै रिट दायर गरेका थिए। उक्त रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ।

बुधबार सरकारको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू टिकाराम भट्टराई  र भीमार्जुन आचार्यले बहस गरेका थिए। 

पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको नेतृत्वमा हरिहर दाहाल, मेघराज पोखरेल, ललित बस्नेतलगायत कानुन व्यवसायीले बहस गरेका थिए। 

सरकारी पक्षका कानुन व्यवसायीले बिदामा बसेको व्यक्तिलाई अन्तरिम आदेश दिन नहुने जिकिर गरेका छन्।

एसपी हुँदासम्म हाल आईजीपीमा बढुवा भएका धीरजप्रताप सिंह नै अगाडि रहेको र पछि उनलाई पन्छाएर विश्वराज पोखरेल अघि बढेको उनीहरुले तर्क गरेका छन्।

प्रकाशित: May 05, 2022| 07:01 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...