शुक्रबार, साउन २९, २०८३

बाइडेनले भने - लोकतन्त्रको रक्षाका लागि युक्रेनलाई सैन्य सहयोग

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले युक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन्।

रुससँग जुधिरहेको युक्रेनका लागि अमेरिकी सैन्य सहयोग महत्वपूर्ण भएको भन्दै राष्ट्रपति बाइडेनले यसको श्रेय अमेरिकी हतियार निर्माण कम्पनीलाई जाने बताए। 

पछिल्लो समय रुसी आक्रमणमा परी युक्रेनका २७ सर्वसाधारण मारिएका युक्रेनी सञ्चारमाध्यमले जनाएका छन्। युक्रेनको पूर्वी क्षेत्रमा रहेको डोनेट्स्क शहरमा भएको रुसी आक्रमणमा २७ जना मारिएका र दर्जनौं घाइते भएका अधिकारीले बताएका युक्रेनी सञ्चारमाध्यमले जनाएका छन्।

युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले मारियुपोलमा हालसम्म १५६ जनाको उद्धार गरेको जानकारी दिए। 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने मारियुपोलमा फसेका बाँकी नागरिकलाई स्टील कारखानाबाट बाहिर निकाल्न थप प्रयास भइरहेको बताएका छन्। 

पोप फ्रान्सिसले रुस युक्रेन युद्धका विषयमा चिन्ता व्यक्त गर्दै युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई भेट्ने प्रस्ताव अघि सारेका छन्। 

प्रकाशित: May 05, 2022| 05:30 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...