शुक्रबार, साउन २९, २०८३

आईजीपी नियुक्तिविरुद्धको रिट 'हेर्दाहेर्दै'मा

नेपाल प्रहरीको आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रोकिएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– नेपाल प्रहरीको आईजीपी नियुक्तिमा वरिष्ठता मिचिएको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा रोकिएको छ।

सर्वोच्च अदालतमा दायर रिटको पेसी आज न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको थियो। 

रिटको विपक्षमा बुधबार महान्यायाधिवक्ता खम्मबहादुर खातीले बहस गरेका थिए। रिट निवेदक एआईजी पोखरेलको पक्षमा अन्तरिम आदेश दिएर चुनावको मुखमा प्रहरीलाई शून्य बनाउन नहुने उनको तर्क थियो। एसपीसम्म हालका आईजीपी धिरजप्रताप सिंह नै अघि रहेको र एसपीबाट बढुवा हुने क्रममा पछि पारिएको समेत खातीले तर्क गरेका थिए। 

उक्त रिटमा सुनुवाइ सुरु हुनुअघि नै बढुवा भएका आईजीपी सिंह पक्षले हस्तक्षेप बहस गर्ने निर्णय गरेको थियो। सरकारी वकिल र प्रहरी प्रमुखले केही निजी कानुन व्यवसायीसमेत राखेर सर्वोच्च हस्तक्षेप बहसमा पुगेको थियो।


प्रकाशित: May 04, 2022| 16:53 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...