शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस चितवनका पूर्वसभापति भन्छन् –पार्टीको निर्णय सबैले मान्नुपर्छ

कांग्रेस चितवनका पूर्वसभापति भन्छन् –पार्टीको निर्णय सबैले मान्नुपर्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले पार्टीको निर्णय सबैले मान्नुपर्ने बताएका छन्। 

बुधबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गुरुङले पार्टीको निर्णयलाई सबै नेता कार्यकर्ताले मान्नुको विकल्प नभएको बताएका हुन्। गुरुङले गठबन्धनको पक्षमा माहोल बनाउन सबैलाई आग्रह गरेको बताए।

उनले पार्टीले गरेको निर्णय अुनसार गठबन्धनका उम्मेदवालाई जिताउन आग्रह गरेका छन्। आफू गठबन्धनको विरोधमा रहे पनि राजनीतिक पार्टीमा भएकाले पार्टीको हाइ कमाण्डलाई मान्नुपर्ने अवस्था भएको उनले बताए। साथै बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग आफ्नो कुनै सल्लाह नभएको बताए।

प्रकाशित: May 04, 2022| 16:14 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...