मंगलबार, असार ९, २०८३

नेकपाको विद्रोही समूहले विप्लवलाई महासचिवबाट हटायो

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित नेताहरुको भेलाले विप्लवलाई नै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट निष्कासित नेताहरुको भेलाले विप्लवलाई नै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको हो।

National life

चितवनको पर्सामा बुधबार सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निष्कासन गरेको हो।

त्यसैगरी भेलाले खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ। भेलाले धर्मेन्द्र बास्तोलालाई पार्टीको संयोजक तोकेको छ। 

भेलाबाटै नयाँ पार्टी गठन गर्ने तयारीसमेत विद्रोही नेताहरुको छ। स्थानीय चुनाव उपयोग गर्ने या नगर्नेबारेमा नेकपामा विवाद सुरु भएर एकअर्कालाई कारवाही गर्ने तहसम्म पुगेको हो। पार्टीको नीति विपरीत गएको भन्दै विप्लवले नेताहरु धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीबाट निष्कासन गरेका थिए। 

प्रकाशित: May 04, 2022| 13:06 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...