शुक्रबार, साउन २९, २०८३

श्रीमान् एमाले र श्रीमती कांग्रेस पार्टीबाट चुनावी मैदानमा

कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा श्रीमान्-श्रीमती फरक-फरक पार्टीबाट चुनावी मैदानमा होमिएका छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

धनगढी- कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिकामा श्रीमान्-श्रीमती फरक-फरक पार्टीबाट चुनावी मैदानमा होमिएका छन्। 

दोधारा-चाँदनी नगरपालिका-७ मा श्रीमान् एमाले र श्रीमती कांग्रेसबाट वडासदस्य पदका लागि चुनावी मैदानमा छन्।

एमालेबाट श्रीमान् सन्दीप उपाध्याय र कांग्रेसबाट श्रीमती कमला उपाध्याय वडासदस्य पदका उम्मेदवार बनेका छन्। सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट चुनावी प्रतिस्पर्धामा छन्।

फरक पार्टी भए पनि एक-आपसमा सौहार्दतापूर्ण तरिकाले उपाध्यायदम्पती चुनावमा होमिएका हुन्। उपाध्याय जोडी बिहानै घरबाट निस्किएर राति मात्रै घरमा आइपुग्छन्। 

कांग्रेसबाट वडासदस्यमा होमिएकी कमलाले घरभित्र आफूहरूको सुमधुर पारिवारिक सम्बन्ध रहेको बताएकी छन्। गेटबाहिर गएपछि भने आफूहरू आ–आफ्नो पार्टीको चुनावी प्रचारमा जुट्ने गरेको उनले बताइन्।

प्रकाशित: May 04, 2022| 12:36 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...