शुक्रबार, साउन २९, २०८३

गठबन्धनका शीर्ष नेता चितवनमा भेला हुँदै

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार चितवन जाने भएका छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार चितवन जाने भएका छन्। सत्तारुढ गठबन्धनले भोलि आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न देउवा चितवन जान लागेका हुन्।

कांग्रेस नेता शंकर भण्डारीले बुधबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्। गठबन्धनले केन्द्रीय बसपार्कमा संयुक्त चुनावी सभा आयोजना गरेको छ। सो सभालाई सम्बोधन गर्नका लागि देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरू चितवन जाँदैछन्। रामचन्द्र पौडेल भने त्यहाँ पुगिसकेका छन्।

चितवनको भरतपुर महानगरमा सत्तारुढ गठबन्धनले मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेणु दाहाललाई उठाएपछि असन्तुष्ट पक्षबाट जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन्। पार्टीको निर्णय अवज्ञा गर्दै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल चुनाव चिह्न भुइँकटर लिएर प्रचार अभियानमा लागिरहेका छन्।

प्रकाशित: May 04, 2022| 11:55 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...