शुक्रबार, साउन २९, २०८३

झक्कुप्रसादका बाबुछोरा फरक–फरक पार्टीको प्रचारमा

रोल्पाको सुनिल स्मृति गाउँपालिकास्थित वडा नम्बर ६ गजुलका मतदाता यतिबेला दोधारमा छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– रोल्पाको सुनिल स्मृति गाउँपालिकास्थित वडा नम्बर ६ गजुलका मतदाता यतिबेला दोधारमा छन्। एउटै परिवारका बाबुछोराले फरक–फरक पार्टी रोजेपछि उनीहरुका आफन्त र स्थानीय भोट केमा हाल्ने भनेर अन्योलमा परेका हुन्। 

पहिलो संविधानसभाको निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ठूलो मतान्तरले पराजित गरेर चर्चामा आएका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी र उनका छोरा सन्तोष सुवेदी फरक–फरक दलमा आवद्ध छन्। 

आगामी स्थानीय तह निर्वाचनमा छोरा सन्तोष स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन्। उनी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध छन्। उनले आफूलाई मत दिन अपिल गर्दै घरदैलो गरिरहेका छन्। 

बुबा झक्कुप्रसाद भने नेकपा माओवादी केन्द्रको प्रचारमा व्यस्त छन्। उनले माओवादीबाट वडाध्यक्षको उम्मेदवार बनेका लोकेन्द्र थापालाई भोट दिन जनतालाई अपिल गरिरहेका छन्।

एउटै घरका बाबुछोराले फरक–फरक पक्षमा मत दिन अपिल गरेपछि आफूहरु दोधारमा परेको स्थानीयले सुनाए। यस वडामा नेपाली कांग्रेसबाट हिराबहादुर थापाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: May 04, 2022| 11:36 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...