बुधबार, असार १०, २०८३

आईजीपी नियुक्तिविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा

नेपाल प्रहरीमा आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट आज पेसी चढेको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं– नेपाल प्रहरीमा आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट आज पेसी चढेको छ। एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सुनुवाइ हुने भएको हो।

National life

नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय बदर गरेर आफूलाई आईजीपी नियुक्त गर्न निवेदक पोखरेलले माग गरेका छन्। सरकारको निर्णय अदालतको नजिर, सिद्धान्त र प्रहरी संगठनको मूल्यमान्यताको प्रतिकूल, स्वेच्छाचारी एवं गैरकानुनी निर्णय रहेको दाबी उनले गरेका छन्। 

आफू ज्येष्ठ र बढुवाका सम्पूर्ण आधारमा सबैभन्दा बढी अंक प्राप्त गरेकाले आफूलाई वरिष्ठता कायम हुने गरी तत्काल बढुवा गर्न उनले परमादेश माग गरेका छन्। 

रिटको टुंगो नलागेसम्म धिरजप्रतापलाई आईजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न र प्रहरी महानिरीक्षक पदको हैसियतमा कुनै काम गर्न नदिन साथै एआईजीमध्ये आफैँ ज्येष्ठ भएकाले आईजीपी बढुवाको निर्णय नगर्दासम्म निमित्त आईजीपीको हैसियतमा कामकाज गर्न दिन उनले अन्तरिम आदेश माग गरेका छन्। ​

प्रकाशित: May 04, 2022| 10:37 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...