मंगलबार, असार ९, २०८३

आयोगले भन्यो- बैंकिङ प्रणालीमार्फत मात्रै चुनावी खर्च गर्नू

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार र राजनीतिक दललाई बैंकिङ प्रणालीमार्फत खर्च गर्न निर्देशन दिएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार र राजनीतिक दललाई बैंकिङ प्रणालीमार्फत खर्च गर्न निर्देशन दिएको छ। 

National life

आयोगले मंगलबार विज्ञप्तिमार्फत निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन आचारसंहिता पालना गरी बैकिङ प्रणालीमार्फत निर्वाचन खर्च गर्न उम्मेदवार र राजनीतिक दललाई निर्देशन दिएको हो।

आयोगले निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था गरेको छ। ‘उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, यसरी तोकिएका पदाधिकारीको नामसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्तिमा लेखिएको छ।

राजनीतिक दलले निर्वाचनसम्बन्धी खर्च बैंक खातामार्फत दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा गर्नुपर्ने उनले बताए। ५० हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने पडौलेलले बताएका छन्।

उनका अनुसार व्यक्ति वा संस्थाबाट चन्दाको रूपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिई उम्मेदवारको वा राजनीतिक दलको बैंक खातामा जम्मा गर्नुपर्ने, खर्चको विवरण तथा बिल भरपाई राख्नुपर्ने, आम्दानी तथा खर्चको विवरण प्रचलित कानुनबमोजिम आयोगले तोकेको ढाँचामा निर्वाचन कार्यालय वा आयोगमा बुझाउनुपर्नेछ।

Shivam cement

आयोगले खर्चको बिल भरपाई तथा बैंक वा वित्तीय संस्थामा रहेको खाताको विवरण पेस गर्न आदेश दिएमा सक्कल बिल भरपाइ तथा बैंक वा वित्तीय संस्थाको खाताको विवरण पेस गर्नुपर्ने र निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था गरेको छ।

आयोगले तोकिएको व्यवस्थाविपरीत हुनेगरी कतिपय स्थानमा कार्य भैरहेको भन्ने जानकारी प्राप्त भइरहेकाले निर्वाचन खर्च गर्दा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ तथा निर्वाचन आचारसंहिताको व्यवस्थाबमोजिम गर्न राजनीतिक दल तथा उम्मेदवारको ध्यानाकर्षण गराएको छ। आयोगले तोकिएको व्यवस्थाबमोजिम गर्न गराउन सबै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई पनि निर्देशन दिएको छ।

प्रकाशित: May 04, 2022| 09:09 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...