शुक्रबार, साउन २९, २०८३

गोरखामा माओवादी र जसपाबीच चुनावी तालमेल

गोरखा नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

काठमाडौं- गोरखा नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपाल (जसपा)बीच चुनावी तालमेल गर्ने सहमति भएको छ।

सत्तागठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको थियो। सोही अनुरुप यहाँ वैशाख १२ मा आ-आफ्नो हिसावले दलहरूले उम्मेदवारी दर्ता गरेका थिए।

उम्मेदवारी दर्ता र फिर्ताको समय सकिएपछि पनि चुनावी तालमेल भएका छन्। गोरखा नगरपालिकामा मेयर माओवादीले राखेर उपमेयर जसपालाई दिने गरी चुनावी तालमेल भएको छ।

जसपा केन्द्रले कांग्रेससँग चुनावी तालमेल गर्न निर्देशन दिए पनि माओवादी र जसपाबीच तालमेल भएको हो। मेयरमा माओवादीका कृष्ण राना र उपमेयरमा जसपाका नारायण खत्री रहने गरी तालमेल भएको छ।



प्रकाशित: May 04, 2022| 08:58 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...