शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसबाट हुप्सेकोट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेकी पाण्डेमाथि आक्रमण

कांग्रेसबाट हुप्सेकोट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेकी पाण्डेमाथि आक्रमण

स्थानीय तह निर्वाचनका लागि हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले आफूमाथि आक्रमण भएको बताएकी छन्।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

पूर्वी नवलपरासी- स्थानीय तह निर्वाचनका लागि हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले आफूमाथि आक्रमण भएको बताएकी छन्। 

मंगलबार राति ८ बजे चुनावी अभियानबाट फर्किँदै गर्दा आफूहरूमाथि हुप्सेकोटको झयालबासमा आक्रमण भएको उनले बताएकी छन्।

उनले आफूमाथि गौंडो कुरेर एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएकी छन्। एमालेबाट यसअघि निर्वाचित जनप्रतिनिधिसहितका स्थानीय नेता तथा कार्यकर्तालाई उनले आक्रमणको आरोप लगाएकी छन्।

एमालेको झण्डा बोकेर प्रचारमा आएको टोलीले नियोजितरुपमा आक्रमण गरेको पाण्डे बताएकी छन्। उनीहरूले पिछा गरेको थाहा पाएपछि राति स्थानीय बिरु कुमालको घरमा छिरेको तर सोही स्थानमा पुगेर उनीहरूले आक्रमण गरेको पाण्डेको भनाइ छ।

आक्रमणबाट पाण्डे चढेको गाडीमा क्षति पुगेको छ। पाण्डेको छाती र खुट्टामा चोड लागेको छ।

प्रकाशित: May 04, 2022| 08:30 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...