शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चितवनमा एकीकृत समाजवादीका जिल्ला सदस्यसहित वडा कमिटीनै एमालेमा प्रवेश

चितवनमा एकीकृत समाजवादीका जिल्ला सदस्यसहित वडा कमिटीनै एमालेमा प्रवेश

खैरहनी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्यसहित ६ नम्बर वडा कमिटीनै नेकपा एमालेमा प्रवेश गरेको छ।
 |  बुधबार, वैशाख २१, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २१, २०७९

चितवन- खैरहनी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्यसहित ६ नम्बर वडा कमिटीनै नेकपा एमालेमा प्रवेश गरेको छ।

समाजवादीका जिल्ला सदस्य नेत्रराज ढुंगाना नेतृत्वको टोली एमालेमा प्रवेश गरेको हो। एमाले प्रवेश गर्नेहरूमा जिल्ला सदस्य ढुंगानासँगै वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष यादव घिमिरे, वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष प्रेमबहादुर थापा मगर, केशव पौडेल, रुस्तम अन्सारी, हेम पुन, लक्ष्मण भण्डारी, खुबीराज चौधरी, कल्पना छतकुल्ली, रामकुमार उप्रेती, सीताकुमारी चौधरी लगायत छन्। 

उनीहरूलाई एमाले केन्द्रीय सदस्य जेएन थपलिया, खैरहनी नगरपालिकाबाट एमालेका नगरप्रमुख उम्मेदवार लालमणि चौधरी, एमाले नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले स्वागत गरेका थिए।

प्रकाशित: May 04, 2022| 07:32 बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...