शुक्रबार, साउन २९, २०८३

कलाकारद्वय केसी र खड्का कांग्रेस प्रवेश

मंगलबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै अभिनेता केसी, अभिनेत्री श्वेता खड्का र रवीन्द्र खड्का कांग्रेसमा प्रवेश गरेको हुन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेस प्रवेश गरेका छन्। मंगलबार बिहान कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाउँदै अभिनेता केसी, अभिनेत्री श्वेता खड्का र रवीन्द्र खड्का कांग्रेसमा प्रवेश गरेको हुन्।

लोकतान्त्रिक चरित्रलाई आत्मासात गर्ने पुरानो पार्टी कांग्रेस भएकोले नै कांग्रेसमा प्रवेश गरेको केसीले बताए। उनले भने, 'पदको आश्वासन पाएर पार्टी प्रवेश गरेको भने होइन। बिचारले ठिक लागेर पार्टी प्रवेश गरेको हुँ।'

स्थानीय चुनावको घोषणा भएसँगै भुवन केसी राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाने हल्ला चलेको पनि थियो। पछि उनलाई उन्नत लोकतन्त्र पार्टीले मेयरको उम्मेदवारीको रूपमा उठाउने घोषणा नै गरेको थियो। पछि केसीले आफू त्यो पार्टीबाट मेयर पदमा उठ्न लागेको निराधार रहेको बताएका थिए।

२०७० सालको चुनावमा भुवन केसी एमालेमा प्रवेश गरेका थिए। त्यहाँबाट संसदीय चुनावमा सिफारिस भए पनि विरोध भएपछि एमालेले नाम फिर्ता लिएको थियो।

प्रकाशित: May 03, 2022| 11:57 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...