मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • वटुको मन्दिरमा पूजाआजा गरेर सिर्जना सिंहले सुरु गरिन् घरदैलो कार्यक्रम

वटुको मन्दिरमा पूजाआजा गरेर सिर्जना सिंहले सुरु गरिन् घरदैलो कार्यक्रम

काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले आज इन्द्रचोकस्थित वटुको मन्दिरमा पुजाआजा गरेर घरदैलो अभियान सुरु गरेकी छन्।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेससहितको गठबन्धनबाट मेयर पदमा उम्मेदबारी दिएकी सिर्जना सिंहले आज इन्द्रचोकस्थित वटुको मन्दिरमा पुजाआजा गरेर घरदैलो अभियान सुरु गरेकी छन्।

National life

सिंहले मंगलबार बिहान वटुको मन्दिरमा पुगेर काठमाडौंलाई सफा, स्वस्थ, हराभरा बनाउने प्रतिवद्धताका साथ घरदैलो अभियान सुरु गरेको बताइएको छ।

त्यस क्रममा उनले वर्षौंसम्म सक्रिय राजनीति गरे पनि कहिले पदको अपेक्षा नगरेको बताएकी थिइन्। तर, अब काठमाडौंलाई बनाउने सपना बोकेर आफू महानगरको मेयरमा उठेको उनले बताइन्।

'महानगरको हकमा युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्ने, पर्यटकीय,व्यापारिक केन्द्र बनाउने, स्वदेशमै रोजगारको सिर्जना गरेर वैदेशिक रोजगारमा जाने क्रमलाई न्युनीकरण गर्ने लगायतका कामहरू प्राथमिकतामा राख्ने छु,' उनले भनिन्।

उनी कार्यकर्ताहरूको साथमा घरदैलो अभियानमा खटिएकी छन्।

Shivam cement

प्रकाशित: May 03, 2022| 09:02 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...