काठमाडौं- भारतीय राष्ट्रिय कंग्रेस पार्टीका नेता राहुल गान्धी काठमाडौं आइपुगेका छन्। भिस्तार एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
गान्धी पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा सहभागी हुन काठमाडौं बताइएको छ। सुम्निमाको विवाह बिहीबार हुने कार्यक्रम छ। नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन्। शुक्रबार उनी स्वदेश फर्कने कार्यक्रम छ।
यद्यपि उनले राजनीतिक भेटघाट गर्ने/नगर्ने विषयमा खुलाइएको छैन। गान्धी नागपोखरीस्थित होटल मेरियटमा बस्नेछन्।