मंगलबार, असार ९, २०८३

काठमाडौं महानगरको चुनावी कमाण्डर ईश्वर पोखरेल

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको चुनावी प्रचारप्रसारलाई तीव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’ को संयोजकको जिम्मेवारी दिएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं– नेकपा एमालेले काठमाडौं महानगरपालिकाको चुनावी प्रचारप्रसारलाई तीव्र बनाउन पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ‘काठमाडौँ महानगर निर्वाचन परिचालन निर्देशक समिति’ को संयोजकको जिम्मेवारी दिएको छ।

National life

‘चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन नेकपा एमाले अब चुनावी मैदानमा उत्रिएको छ। चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ। अब थप व्यवस्थित ढंगले यो काम अघि बढ्छ,’ काठमाडौं महानगर निर्वाचन परिचालन सचिवालयमा सोमबार आयोजित कार्यक्रममा संयोजक पोखरेलले भने।

पोखरेलले आजै ३२ वटै वडाको गतिविधि र त्यहाँ भइरहेको चुनावी प्रचारबारे जानकारी लिएका छन्। नेकपा एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले अब मुलुकको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढंगले अघि बढ्ने बताए।

एमालेले काठमाडौं महानगरको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाएको छ।

प्रकाशित: May 02, 2022| 17:24 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...