शुक्रबार, साउन २९, २०८३

तपाईंको जिल्लामा कस्तो हुनेछ मतपत्र?

सोमबारसम्ममा ६० जिल्लामा मतपत्र ढुवानी भइसकेको छ। अब बाँकी रहेका १७ जिल्लामा पनि साताभित्रै मतपत्र ढुवानी गरिनेछ। अहिलेसम्म ९१ लाख ११ हजार मतपत्र जिल्लामा पुगेका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- निर्वाचन आयोगले ७६ जिल्लाको नमुना मतपत्र सार्वजनिक गरेको छ। स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले मतपत्र ढुवानी अन्तिम चरणमा पुगेको जनाउँदै विभिन्न जिल्लाको मतपत्रको नमुना सार्वजनिक गरेको हो। 

आयोगले भक्तपुरको नमुना मतपत्र भने सार्वजनिक गरेको छैन। 

सोमबारसम्ममा ६० जिल्लामा मतपत्र ढुवानी भइसकेको छ। अब बाँकी रहेका १७ जिल्लामा पनि साताभित्रै मतपत्र ढुवानी गरिनेछ। अहिलेसम्म ९१ लाख ११ हजार मतपत्र जिल्लामा पुगेका छन्। 

मोरङ, मधेशका ८ जिल्ला, रसुवा, चितवन, ललितपुर, काठमाडौं र भक्तपुरको यसै साता मतपत्र पुर्‍याइने आयोगले जनाएको छ। सिन्धुली, रामेछाप र दोलखामा सोमबार मतपत्र ढुवानी भइरहेको छ। 

 काठमाडौंको मतपत्र ५६ लहर र डोल्पाको मतपत्रमा १६ लहर रहेको आयोगले जनाएको छ। 

भक्तपुरबाहेकका जिल्लाको मतपत्र हेर्न यहाँ क्लिक गर्नुहोस्। 

प्रकाशित: May 02, 2022| 13:08 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...