मंगलबार, असार ९, २०८३

रामपुरमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप

पाल्पाको रामपुरमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

रामपुर- पाल्पाको रामपुरमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। स्थानीय तहको चुनाव प्रचारका क्रममा दुवै पार्टीका कार्यकर्ताबीच आइतबार झडप भएको प्रहरीले जनाएको छ।

National life

रामपुर नगरपालिका–१० कुमालटारमा चुनाव प्रचारका क्रममा दुवै पक्षका कार्यकर्ताबीच झडप भएको प्रहरीको भनाइ छ।

एमाले र कांग्रेसका स्थानीय नेताले विज्ञप्ति जारी गर्दै घटनामा एक–अर्कालाई दोषि देखाएका छन्।

एमालेको रामपुर नगर कमिटीका अध्यक्ष विष्णु प्रसाद रेग्मीले एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसको झण्डा बोकेर आएका १०० देखि १२० जनाको समूहले आफ्नो पार्टीका उम्मेदवार र कार्यकर्तामाथि आक्रमण गरेको दाबी गरेका छन्। 

खुकुरी, भाला लगायतका घरेलु हतियार बोकेर आएका कार्यकर्ताले आफ्नो पार्टीका नगर प्रमुखका उम्मेदवारसहित प्रचारमा रहेका कार्यकर्तामाथि आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ।

Shivam cement

प्रकाशित: May 02, 2022| 11:25 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...