शुक्रबार, साउन २९, २०८३

राप्रपाले ठूला दललाई टक्कर दिने लिङ्देनको दाबी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह चुनावमा ठूला दललाई राप्रपाले टक्कर दिने दाबी गरेका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह चुनावमा ठूला दललाई राप्रपाले टक्कर दिने दाबी गरेका छन्।

जनताको मन बदलिएको बताउँदै उनले यस पटकको स्थानीय तह चुनावमा राप्रपाले ठूला दललाई टक्कर दिने बताएका हुन्।

झापाको कचनकवल घेराबारीमा भएको सभालाई सम्बोधन गर्दै उनले राप्रपालाई कमजोर शक्तिका रूपमा नलिन आग्रह गरेका छन्। उनले राजनीतिलाई पेशाभन्दा पनि सेवाका रूपमा अघि बढाउनु पर्ने धारणा राखेका छन्।

राजनीति सत्ताका लागिभन्दा पनि देश बनाउनका लागि गरिनुपर्ने लिङ्देनको धारणा छ। भ्रष्टाचार गर्नेलाई राप्रपाले ठाउँ नदिने बताएका छन्। 

जनप्रतिनिधिले भ्रष्टाचार गरेको पाइएमा पार्टीले कारबाही गर्ने उनको चेतावनी छ।

प्रकाशित: May 02, 2022| 10:05 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...