मंगलबार, असार ९, २०८३

सबैभन्दा बढी एकीकृत समाजवादीका उम्मेदवारद्वारा मनोनयन फिर्ता

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

National life

स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमध्ये ३ हजार ६ जनाले मनोनयन फिर्ता लिएको आयोगले जनाएको छ। आयोगका अनुसार राजनीतिक दलतर्फ भने नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। 

नेकपा एकीकृत समाजवादीका १ हजार ५ सय १ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ। यस्तै नेकपा माओवादी केन्द्रका १ हजार ४ सय ७४ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

नेपाली कांग्रेसबाट ६ सय ३९, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ सय ६४, जनता समाजवादी पार्टी नेपालबाट ३ सय ३३, नेपाल कम्युनिष्ट पार्टी एमालेबाट २ सय ९३, जनमत पार्टी (जपा)बाट ६६ जना र राष्ट्रिय जनमोर्चाबाट ५९ जनाले उम्मेदवारी फिर्चा लिएको आयोगले जनाएको छ।

प्रकाशित: May 02, 2022| 09:34 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...