मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पालुङटारमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको सामूहिक राजीनामा

पालुङटारमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरूको सामूहिक राजीनामा

सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन्।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काठमाडौं- सत्तारुढ दलका दुई शीर्ष नेताले मेयर पदमा हस्तक्षेप गरेको भन्दै गोरखाको पालुङटार नगरपालिकामा कांग्रेसका उम्मेदवारहरूले सामूहिक राजीनामा दिएका छन्।

National life

कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको व्यक्तिगत स्वार्थका कारण कार्यकर्ताको मनोभावना विपरीत हस्तक्षेप भएको आरोप लगाउँदै उनीहरूले राजीनामा दिएका हुन्।

पालुङटारका १० वटै वडाका उम्मेदवारले राजीनामा दिएको बताइएको छ। उम्मेदवारहरूले राजीनामा पत्रमा सामूहिक हस्ताक्षर गरेर पार्टीको नगर समितिलाई बुझाएका छन्। 

गृह जिल्ला गोरखा भएका डा. भट्टराईको निर्वाचन क्षेत्रअन्तर्गत पालुङटार नगरपालिका पर्छ। तर, त्यहाँ एक्लाएक्लै चुनाव लड्दा जसपाले जित्ने सम्भावना न्यून रहेको विश्लेषक बताउँछन्। सोही कारण भट्टराई आफ्नो निर्वाचन क्षेत्रमा कांग्रेससँग तालमेल गरेर नगरपालिकामा आफ्नो पार्टीका मेयरलाई जिताउने रणनीति बनाएको उनीहरूको आरोप छ।

प्रकाशित: May 02, 2022| 08:33 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...