बिहीबार, असार ११, २०८३

आईएसले लियो यात्रुबसमा बम विष्फोट गराएको जिम्मवारी

इस्लामिक स्टेट्स (आईएस) समूहले आइतबार अफगानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ।
 |  सोमबार, वैशाख १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १९, २०७९

काबुल- इस्लामिक स्टेट्स (आईएस) समूहले आइतबार अफगानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ। हालै जारी रहेको रमजान उपवास महिनामा गएको दुई हप्तायता भएका घातक आक्रमणहरूमा परी दर्जनौं व्यक्ति मारिनुको साथै घाइते भएका समाचारमा जनाइएको छ। 

National life

राजधानी काबुलमा भएको बस आक्रमणमा परी एक महिलाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका यहाँको प्रहरीले जनाएको छ। गत शुक्रबारको मस्जिदमा भएको बम विष्फोटको जिम्मा कुनै समूहले लिएको छैन, तर बसमा भएको आक्रमणको जिम्मेवारी आइएसले लिएको छ।

विशेष गरी सुन्नी बहुल्लता रहेको स्थानमा अफगानिस्तानको अल्पसंख्यक शिया र सुफी समुदायहरूलक्षित हालैका हप्ताहरूमा भएका बम विस्फोटनलगायतका आक्रमणहरूको आइएस समूहले दाबी गर्दै आएका छन्। 

तालिबान अधिकारीहरूले आफ्नो सेनाले आईएसलाई पराजित गरेको दाबी गर्दै आएका छन् ।  तर विश्लेषकहरूले जिहादी समूह प्रमुख सुरक्षा चुनौती रहेको बताउँदै आएका छन्।

यसैबीच काबुल प्रहरीले रमजानको अन्त्य भएको इद अल-फित्र बिदामा 'सुरक्षा सुनिश्चित गर्ने' वाचा गरेको छ।

Shivam cement

प्रकाशित: May 02, 2022| 00:00 सोमबार, वैशाख १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...