शुक्रबार, साउन २९, २०८३

नेपाली कांग्रेस (बीपी)को देशभर १५४ उम्मेदवार

कांग्रेस (बीपी)ले आइतबार केन्द्रीय कार्यालय सामाखुसीमा पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो। उक्त पार्टी २०७४ सालमा स्थापना भएको हो।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- नेपाली कांग्रेस (बीपी)ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको छ। कांग्रेस (बीपी)ले आइतबार केन्द्रीय कार्यालय सामाखुसीमा पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो। उक्त पार्टी २०७४ सालमा स्थापना भएको हो।

पत्रकार सम्मेलनमा बीपी कांग्रेसका प्रवक्ता शिवप्रसाद सिम्खडाले दुई महानगरपालिकासहित देशभरबाट २२ नगरमा प्रमुखको उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिए। कांग्रेस बीपीले काठमाडौं महानगरपालिकाको प्रमुखमा भक्तराज भुसाल र उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाएको छ। 

यस्तै विराटनगर महानगरपालिकाको प्रमुखमा रामचन्द्र गौतमले उम्मेदवारी दिएका छन्। सो पार्टीले देशभर नगर उपप्रमुखमा नौ, गाउँपालिका अध्यक्षमा सात, उपाध्यक्षमा तीन, वडा अध्यक्षमा ४१, महिला सदस्यमा १८, दलित महिला सदस्यमा १४ र खुला सदस्यमा ४० जनाले उम्मेदवारी दिएको प्रवक्ता सिम्खडाले जानकारी दिए।

पत्रकार सम्मेलनमा बीपी कांग्रेसका सभापति सुशीलमान शेरचनले बीपी कांग्रेसले देशभरका ४५ जिल्लामा आफ्नो सङ्गठन विस्तार गरिसकेको र सोहीअनुसार पार्टीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी प्रस्तुत गरेको जानकारी दिए। ‘करुवा’ चुनाव चिह्न लिएर विसं २०७४ मा सम्पन्न प्रतिनिधि एवं प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेस बीपीले भाग लिएको थियो।

प्रकाशित: May 01, 2022| 20:45 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...