बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अघिल्लो निर्वाचनमा कांग्रेस कमजोर हुँदा विकास प्रभावित भयो : प्रवक्ता डा महत

अघिल्लो निर्वाचनमा कांग्रेस कमजोर हुँदा विकास प्रभावित भयो : प्रवक्ता डा महत

पाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०७४ सालको निर्वाचनमा कांग्रेस कमजोर हुँदा स्थानीय तहको विकास प्रभावित भएको बताएका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०७४ सालको निर्वाचनमा कांग्रेस कमजोर हुँदा स्थानीय तहको विकास प्रभावित भएको बताएका छन्। 

National life

पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा महतले कांग्रेस नेतृत्वको गठबन्धनका  पक्षमा निर्वाचनको माहोल बन्दै गएको बताए। कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजकसमेत रहेका उनले भने, 'स्थानीय निकायको संस्थागत स्वःमूल्याङ्कनमा कांग्रेसले सम्हालेका निकाय अब्बल प्रमाणित भएकाले निर्वाचनमा हाम्रा उम्मेदवार विजयी हुनेमा  विश्वस्त छौँ।'

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरका ७५३ स्थानीय तहका ३५ हजार २२१ पदमा सत्तारूढ गठबन्धनका तर्फबाट प्रायः उम्मेदवारी परेको छ। 

लोकतन्त्र, गणतन्त्र र संविधानसभाबाट जारी गरिएको सङ्घीयता, समावेशिता र गणतन्त्रसहितको लोकतान्त्रिक संविधानको रक्षाका लागि भन्दै कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी  केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहको निर्वाचनमा तालमेल गरेर चुनाव लड्ने सहमति भएको छ।

निर्वाचनमा कांग्रेसका तर्फबाट प्रमुखमा २६२, अध्यक्षमा ३७२, उपप्रमुखमा १९४, उपाध्यक्ष ३४०, वडाअध्यक्ष ६ हजार ४३, महिला सदस्यमा पाँच हजार ९३८, दलित महिला सदस्यमा पाँच हजार ६९१, अन्य सदस्यमा ११ हजार ७८८ गरी जम्मा ३० हजार ६२८ उम्मेदवारी परेको छ।

Shivam cement

कांग्रेसका आधिकारिक उम्मेदवारको विरुद्ध तथा गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिने कांग्रेसका अधिकांशले उम्मेदवारी फिर्ता लिइसकेको जानकारी दिँदै उनले  फिर्ता नलिनेको हकमा उम्मेदवारसहित निजका प्रस्तावक र समर्थकको पार्टी सदस्यता स्वतः निष्कासन हुने प्रावधान क्रियाशील भएको बताए। 

'तथापि प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनु भएका तर पार्टीको निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारको पक्षमा समर्थन गर्दै वक्तव्य जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिनेको हकमा यो प्रावधान लागू हुने छैन,' प्रवक्ता महतले भने।

कांग्रेसका सबै तहका संरचना र भ्रातृ तथा शुभेच्छुक सङ्गठन  पार्टीका आधिकारिक उम्मेदवार प्रचार–प्रसार अभियानमा जुटेका छन्। निर्वाचन अभियानलाई मर्यादित, अनुशासित र सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न विभिन्न समिति र उपसमिति गठन गरिएका छन्। साथै कांग्रेसका सबै तहका संरचनाअन्तर्गत प्रचार–प्रसार र निर्वाचन परिचालन उपसमिति गठन गरिएका छन्। भ्रातृ तथा शुभेच्छुक संस्थाले पनि केन्द्रदेखि स्थानीय तहसम्म प्रचार–प्रसार र निर्वाचन परिचालन समिति गठन गरेर निर्वाचन अभियानलाई गति दिइएको छ।

यसबाहेक पार्टीले प्रदेश १ को मोरङमा यही वैशाख २१ गते, मधेस प्रदेशको धनुषामा वैशाख २२ गते, बागमती प्रदेशको काठमाडौंमा वैशाख २३ गते, गण्डकी प्रदेशको कास्कीमा वैशाख २४ गते, लुम्बिनी प्रदेशको रुपन्देहीमा वैशाख २५ गते, कर्णाली प्रदेशको सुर्खेतमा वैशाख २६ गते र सुदूरपश्चिमको कैलालीमा वैशाख २७ गते आमसभा गर्ने तयारी गरेको नेता महतले जानकारी दिए।


प्रकाशित: May 01, 2022| 21:20 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...