मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महानगरको वडा सदस्यमा उम्मेदवारी दिएपनि मतपत्रमा सात वटै चिह्न हुन्छन् : निर्वाचन आयोग

महानगरको वडा सदस्यमा उम्मेदवारी दिएपनि मतपत्रमा सात वटै चिह्न हुन्छन् : निर्वाचन आयोग

महानगरको कुनै एक वडा सदस्यमा दलले उम्मेदवारी दिएपनि सात वटैमा चुनाव चिह्न रहने भएको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- महानगरको कुनै एक वडा सदस्यमा दलले उम्मेदवारी दिएपनि सात वटैमा चुनाव चिह्न रहने भएको छ। महानगरसहित भक्तपुरका ४ पालिकाको मतपत्र छपाइ सुरू गरेको जाकारी दिँदै आयोगले यो जानकारी दिएको हो। 

National life

यसअघि सत्ता गठबन्धनका दलहरूले उम्मेदवारी भएको पदमा मात्र सम्बन्धित दलको चुनाव चिह्न राख्न आयोगलाई आग्रह गरेका थिए। तर आयोगले भने सोमबार त्यसको गर्न नसकिने तर महानगरको कुनै पनि पदमा उम्मेदवारी नदिएका दलको चिह्न भने नराखिने जानकारी दिएको हो। 

दलहरूले गरेको आग्रह आयोगले मानेको भए गठबन्धन गरेका दलहरूले लाभ लिन सक्थे। मतपत्रमा पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडासदस्य, र खुला दुई वडा सदस्यको गरी हरेक दलको सातवटा चुनाव चिह्न एउटै लहरमा राखिएको हुनेछ।

‘प्रमुखमा उम्मेदवार छैन, उपप्रमुखमा छैन, वडाध्यक्षमा पनि छैन तर वडाको कुनै एउटा सदस्यमा उम्मेदवारी रह्यो भने त्यो दलको निर्वाचन चिह्न लहर रहने भयो, सातवटै चुनाव चिह्न रहने भयो,’ पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने।

प्रकाशित: May 01, 2022| 20:14 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...