मंगलबार, असार ९, २०८३

कांग्रेसको जनसम्पर्क उपसमितिमा सदस्य थप

कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाको संयोजकत्वमा गठन गरिएको विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा आज १७ सदस्य थप गरेको हो।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको छ।

National life

कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाको संयोजकत्वमा गठन गरिएको विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा आज १७ सदस्य थप गरेको हो।

कांग्रेसले तेजेन्द्र कार्की (जर्मनी), रामप्रसाद चालिसे (स्विडेन), पुष्पा मिश्र (साइप्रस), मन्जीत जाम्लिङ राई (कुवेत), शेरबहादुर राउत (बहराइन), दीपक रेग्मी (साउदी अरब), तिलक चन्द ठकुरी (मलेसिया), नवीनकुमार पङ्गेनी (ओमान), शिवराम भण्डारी (फ्रान्स) र शुक्रराज न्यौपाने (आयरल्यान्ड)लाई उप–समितिमा राखेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्तै, राजेन्द्र खनाल (इजरायल), डा एलिनी पोखरेल (पोल्यान्ड), जगतबहादुर शाह (हङकङ), सन्दीप राना (भारत), कृष्ण केसी (अमेरिका), सन्देश केसी (माल्टा) र जीवन कुँवर (अष्ट्रिया)लाई सदस्यमा मनोनयन गरिएको छ। संयोजक राणाले उपसमितिको सदस्यसचिवमा जनसम्पर्क समिति डेनमार्कका पूर्वसभापति एवम् पार्टीका महासमिति सदस्य वीरेन्द्रसिंह कार्की नियुक्त गरेका छन्।

यसअघि पार्टी उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूणर्बहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय सदस्य राणाको संयोजकत्वमा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमिति गठन गरेका थिए। 

Shivam cement

प्रकाशित: May 01, 2022| 19:47 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...