शुक्रबार, साउन २९, २०८३

बालेन शाहमाथि केशव स्थापितले लगाए यस्ता आरोप

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका लागि उम्मेदवार बनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि विभिन्न आरोप लगाएका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका लागि उम्मेदवार बनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि विभिन्न आरोप लगाएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उम्मेदवार स्थापितले शाहलाई 'अन्तर्राष्ट्रिय ठग'को संज्ञासमेत दिँदै विभिन्न आरोप लगाएका छन्।

बालेन शाह 'फुच्चे भएको,  उपत्यकाको जनसंख्या नै थाहा नपाएको, मशेधको साह भएको तर आफूलाई ठकुरी भनेर ढाँटेको र अन्तर्राष्ट्रिय ठग' भएको आरोप उनले लगाएका हुन्। 

स्थापितको भनाइ जस्ताको तस्तै:
एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ। युवाहरूले सुनौँ है। मसित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो। तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ। सुरुवातमै ठग कुरा गर्ने? दर्तावाल ठग रहेछ। यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन?

कहिले पनि चस्मा किन खोल्दैन भनेको त जनतासँग आँखा जुधाएर हेर्ने आँट रहेनछ। यस्तो मान्छेको पछि लागेर हुन्छ? युवाहरूसँग फेस टु फेस हेरेर कुरा गर्नुपर्‍यो नि!

काठमाडौँमा महानगरको उम्मेदवारले काठमाडौंमा ८० लाख जनसंख्या छ भन्छ। कति जना मान्छे भन्ने पनि थाहा छैन उसलाई। सिंगो उपत्यकामा बनेपासम्म ४० लाख मान्छे छन्। उसले पहिल्यै ८० लाख भनेपछि योजना भताभुङ्ग भएन! कहाँ पुर्‍याउँछन् यस्तोले?

स्थापितले महानगरमा कांग्रेस उम्मेदवार सिर्जना सिंहसँग तागतै नभएको आरोपसमेत लगाए। ‘गणेशमानको बुहारी भनेर आएको छ। तर तागतै छैन। तागतै नभएको महिला आएर शहर हाक्छु भन्न आउने! ऊ हुँदैन, सिधै बहिस्कार गर्नुपर्छ। एक भोट पनि हाल्नुहुँदैन,’ स्थापितले भने, ‘मैले सय वटा इन्टरभ्यु दिइसके। एउटा इन्टरभ्यु पनि दिँदैन।’

प्रकाशित: May 01, 2022| 19:20 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...