बुधबार, असार ३१, २०८३

तीस वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेदरल्यान्ड्ससँगको ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा तीस वर्षको प्रयासपछि नेपाललार्इ ऐतिहासिक सफलता हात परेको छ। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग एक रनले विजयी भएको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउदै दुई सय १६ रन जोडेको थियो। २१७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्यान्डले ५० ओभर खेल्दै सबै विकेट गुमाएर २ सय १५ रन मात्र बनाउन सक्यो। नेपालका लागि सन्दिप लामिछानेले तीन विकेट लिँदा, ललित भण्डारीले दुई विकेट लिए। त्यस्तै तिब्रगतिका बलर सोमपाल कामी, कप्तान पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए।

नेदरल्यान्ड्सका लागी वेस्ले बारेसीले सर्वाधिक ७१ रन जोडे। त्यस्तै डानिएल ब्राकले ३९, कप्तान पिटर सिलरले २१, बेन कुपरले १९ रन, फ्रेड क्लासिनले १३, स्न्याटर र मीकिरेनले समान १२ रनको योगदान गरेपनि जितका लागि पर्याप्त भएन। 

यसअघि नेपालका लागि सोमपाल कामी र कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले। सोमपालले ४६ बल खेल्दै ६१ रन जोडे। उनले पाँच चौका र तीन छक्काको मद्दतमा ६१ रन जोडेका थिए। धरमराएको नेपाली ब्याटिङलाई सोमपालले सम्हालेका थिए। यसअघि आशालाग्दा नेपाली युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी रन आउट हुन पुगे। त्यस्तै अर्धशतक पुरा गरेका कप्तान खड्काले ५१ रन जोडे। उनले ६९ बलको सामना गर्दै छ चौका र दुई छक्का प्रहार गरे। 

सुवास खकुरेल र दिपेन्द्र सिंह ऐरी समान १९ रनमा आउट भए। सुवासले ३३ बलमा तीन चौकाको मद्दतमा १९ रन जोडे। १७ बल खेल्दै तीन चौका प्रहार गरेका दिपेन्द्र कप्तान खड्काका कारण रन आउट हुन पुगे । आरिफ सेख १६ रनमा आउट हुदा उपकप्तान ज्ञानेन्द्र मल्ल १३ नरमा आउट भए। एक दिवसीय पहिलो खेलमा ज्ञानेन्द्रले ५१ रनको अर्धसतकिय पारी खेलेका थिए। अन्ये ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन्।
 
नेदरल्यान्डसका लागि फ्रिद क्लासेनले तीन विकेट लिँदा, पिटर सिलर र माइकल रिप्पोनले समान दुई-दुई लिए। त्यस्तै पल भान मिकेरेन र साने स्नाटरले समान एक–एक विकेट लिएका थिए।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।