शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • क्‍वात्राले सम्हाले भारतीय विदेश सचिवको जिम्मेवारी, नेपालको राजदूतमा नवीन श्रीवास्तवको चर्चा

क्‍वात्राले सम्हाले भारतीय विदेश सचिवको जिम्मेवारी, नेपालको राजदूतमा नवीन श्रीवास्तवको चर्चा

भारतको मन्त्रिपरिषद्‌ बैठकले गत चैत २२ मा क्‍वात्रालाई विदेश सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। हर्षवर्धन शृंगलाले शनिबारदेखि विदेश सेवाबाट अनिवार्य अवकाश लिएपछि क्‍वात्राले आइतबारदेखि जिम्मेवारी सम्हालेका हुन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- नेपालका लागि भारतका निर्वतमान राजदूत विनयमोहन क्‍वात्राले भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका छन्। भारतीय सञ्‍चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार भारतको ३४औं विदेश सचिवको रुपमा क्‍वात्राले जिम्मेवारी सम्हालेका हुन्। 

भारतको मन्त्रिपरिषद्‌ बैठकले गत चैत २२ मा क्‍वात्रालाई विदेश सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। हर्षवर्धन शृंगलाले शनिबारदेखि विदेश सेवाबाट अनिवार्य अवकाश लिएपछि क्‍वात्राले आइतबारदेखि जिम्मेवारी सम्हालेका हुन्। 

राजदूतका रुपमा नेपालमा कार्यरत अवस्थामै विदेश सचिवमा बढुवा भएका क्वात्रा दोस्रो भारतीय कूटनीतिज्ञ हुन्। यसअघि तत्कालीन भारतीय राजदूत श्यामशरण पनि नेपालमा राजदूत रहँदै विदेश सचिवमा बढुवा भएका थिए। 

क्‍वात्रा भारतको विदेश सचिवमा बनेसँगै नेपालका लागि भारतीय राजदूतको रुपमा चीन मामिलाका जानकार नवीन श्रीवास्तवको चर्चा चलिरहेको छ। श्रीवास्तव अहिले विदेश मन्त्रालयको उपसचिव छन्। उनले पूर्वी एसिया विभागको जिम्मेवारी सम्हालिरहेका छन्। 

यसअघि सन् २०१५ देखि कम्बोडियाका लागि भारतीय राजदूत नियुक्त भएका श्रीवास्तवले चीनको सांघाईस्थित भारतीय महावाणिज्यदूतको रुपमा पनि काम गरिसकेका छन्। 

सन् २०२० मा भारत-चीनका सेनाबीच पूर्वी लद्दाखमा भएको तनावपूर्ण अवस्थालाई समाधान गर्नका लागि पनि भारतीय पक्षबाट भूमिका खेलेका थिए। उनी सन् १९९३ ब्याचका आईएफएस अफिसर हुन्। नेपालमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रभाव बढेको समयमा श्रीवास्तवले यसलाई काउन्टर गर्नसक्ने अपेक्षा गरिएको हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख छ।

प्रकाशित: May 01, 2022| 14:23 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...