काठमाडौं- सत्तारुढ ५ दलबाहेकका दलसँग तालमेल गर्नेलाई सम्बन्धित दलले कारबाही गर्ने भएका छन्। आइतबार बसेको 'स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी अनुगमन संयन्त्र'को बैठकले एमालेलगायत गठबन्धनबाहिरका दलसँग तालमेल गरे कारबाही गर्ने निर्णय गरेको हो।
'गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने। यो निर्णय पालना नगर्नेलाई आआफ्ना दलले कारबाही गर्ने निर्णय गरियो,' संयन्त्रको बैठकको निर्णय छ।
एमालेलगायत सरकारमा नरहेका दलसँग तालमेल गर्ने सहमति भइसकेको अवस्थामा खारेज गर्ने यसअघि नै गठबन्धनले निर्णय गरेको थियो। यदि त्यस्तो तालमेल भएको खण्डमा आफू मातहतका निकायलाई तालमेल नगर्न निर्देश गर्ने समेत निर्णय भएको छ।