शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विश्वप्रकाशले भने- ढक र क्विन्टल को हो भन्ने हिसाब ओ‌लीलाई हामी बुझाइदिन्छौं?

विश्वप्रकाशले भने- ढक र क्विन्टल को हो भन्ने हिसाब ओ‌लीलाई हामी बुझाइदिन्छौं?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रियरुपमा विजयी बन्ने दाबी गरेका छन्। आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले उक्त दाबी गरेका हुन्।

उनले कांग्रेसले स्थानीय तहको निर्वाचनमा विजयी बन्दै गर्दा विजयको कुरामात्र नसोचेको र समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने? भन्ने बारेमा पहलकदमी गरिरहेको बताए। 

महामन्त्री शर्माले स्थानीय निर्वाचनमा कांग्रेस बलियो बन्ने देखेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू क्विन्टल र अरू एक/एक किलोको ढक भएको त्रासपूर्ण अभिव्यक्ति दिएको बताए। केही दिनअघि नेकपा एमालेका अध्यक्ष ओलीले एक सार्वजनिक कार्यक्रममा गठबन्धनका पाँच दल एक/एक किलोको ढक भएको र नेकपा एमाले एक्लै क्विन्टल भएको अभिव्यक्ति दिएका थिए।

त्यसप्रति इंगित गर्दै महामन्त्री शर्माले नेकपा एमाले एक क्विन्टल आलु भएको तर गठबन्धन एक/एक तोला मात्र भए पनि सुन भएको जिकिर गरे।

महामन्त्री शर्माले भने, ‘नेपाली कांग्रेस पार्टी राष्ट्रिय रुपमा विजयी बन्दैछ। कांग्रेस पार्टी अहिले पहिलो पार्टी बनेर जाँदै गर्दा केवल विजयी हासिल गर्ने कुरो भन्ने मात्रै सोचिरहेको छैन। यो समाजलाई कसरी सोचेर जाने? यो समाजलाई एकै ठाउँ कसरी उभ्याएर जाने? दुई खाले, युवा, महिलाको अवस्थालाई एकै ठाउँमा कसरी बनाएर जाने? भन्ने सोचिरहेको छ।'

कांग्रेस बलियो ढंगले विजयी बन्दै गर्दा ओलीले आत्तिएर गठबन्धनलाई एक/एक किलोको ढक भनेको र आफूहरू एक्लै क्विन्टल रहेको जिकिर गरेका छन्।

'मेरा जिल्लावासीलाई म विनम्रतापूर्वक भन्छु, हामी उहाँले जस्तै गरी नकारात्मक ढंगले बौल्दैनौं। तर, हिसाब नमिलेपछि हिसाब बुझाइदिनुपर्छ। हामी पाँच वटा एक एक किलाका ढक होइनौं। हामी एक/एक तोला मात्रै हौं। क्विन्टल चाहिँ वहाँ नै हो। तर एक क्विन्टल आलु र पाँच तोला सुनको हिसाब बजारमा गएर सोध्यो भने कमरेड केपी ओलीलाई थाहा हुन्छ, वास्तविकता के हो,' उनले भने।

काठमाडौंमा सिर्जना सिंहको नेतृत्वमा कांग्रेसले बहुसंख्यक ठाउँ जित्ने महामन्त्री शर्माको दाबी छ। अघिल्लो पटक पनि एमालेले एक्लै नजितेको उनको भनाइ छ।

महामन्त्री शर्माले नेकपा एमालेले बाहिर एक्लै भिड्न तयार रहेको अभिव्यक्ति दिए पनि भित्रभने कमल थापासँग तालमेल गरिरहेको बताए।

प्रकाशित: May 01, 2022| 12:57 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...