शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महानगरभित्रका श्रमिक महिलाका लागि विशेष राहत ल्याउने छु : सिर्जना सिंह

महानगरभित्रका श्रमिक महिलाका लागि विशेष राहत ल्याउने छु : सिर्जना सिंह

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताएकी छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयर पदकी उम्मेदवार सिर्जना सिंहले महानगरभित्रका श्रमिक महिलाका लागि विशेष राहत योजना ल्याउने बताएकी छन्।

आइतबार बानेश्वरमा काठमाडौं महानगरपालिकाका उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले श्रमिक महिलाहरूलाई राज्यले बेवास्ता गरेको बताएकी थिइन्।

उनले महिलाहरूले बिहानदेखि बुलुकीसम्म घरमै काम गरेर बस्ने भए पनि राज्यले श्रमको मुल्यांकन नगरेको बताएकी छन्। आफू काठमाडौं महानगरपालिकाको मेयर भएको खण्डमा गरिबीको रेखा मुनि रहेका श्रमिक महिलाको निम्ति विशेष राहत योजना ल्याउने सिंहले बताइन्।

त्यसैगरी बेरोजगार युवाहरूका लागि डिजिटल प्रविधिको प्रयोगगरी सिपमूलक तालिम दिने र उद्यमी बनाउने पनि उनले उल्लेख गरिन्। उनले भनिन्, ‘श्रमिक महिला दिदीबहिनीहरूको, श्रमिकहरूको यहाँ जति सुनुवाइ हुनुपर्ने हो, राज्यले गर्नुपर्ने हो त्यो हुन सकेको छैन। त्यसमा मेरो ध्यान सधैँ गइरहेको छ र मैले बोल्दै आइरहेको पनि छु। काठमाडौंमा कति दिदीबहिनीहरू बेरोजगार हुनुहुन्छ। दाजुभाइ बेरोजगार हुनुहुन्छ। उहाँहरूको राज्यले सुनुवाइ गर्न सकेको छैन।'

अफिसमा काम गर्नेलाई मात्रै काम भनेर हाम्रो राज्यले तोकेको उनले बताइन्। घरमा काम गर्ने महिला दिदीबहिनीको श्रमको मुल्यांकन नभएको सिंहको तर्क छ। 

उनले श्रमिक महिलाका बालबच्चाका लागि महानगरभित्रका ९१ वटा सामुदायिक विद्यालयमा शिशु स्याहार केन्द्र बनाउने पनि बताइन्।

त्यसैगरी महानगरले युवा क्लबहरूसँग सहकार्य गरी युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने पनि उनले बताए। सिंहले प्रत्येक सार्वजनिक स्थलमा निःशुल्क खानेपानी र शौचालयको व्यवस्था गर्ने पनि उल्लेख गरे। 

उनले प्रत्येक वडाको गल्ली–गल्लीमा बिजुली बत्ती बालेर र सिसी क्यामेरा जडान गरेर महिलाहरूका लागि सुरक्षित अनुभूति गराउने पनि बताए।

प्रकाशित: May 01, 2022| 12:27 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...