मंगलबार, असार ९, २०८३

कांग्रेसको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिमा सदस्य थप

नेपाली कांग्रेसको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिमा २७ सदस्य थप गरेको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं- नेपाली कांग्रेसको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिमा २७ सदस्य थप गरेको छ। कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेको संयोजकत्वमा रहेको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिमा शनिबार सदस्य थप गरेको हो।

National life

कांग्रेसले सुमना तिमिल्सिना धनकुटा, हरिदर्शन श्रेष्ठ दोलखा, सुनिल पोखरेल सप्तरी, विश्वदीप लिङ्देन झापा, अनिता यादव धनुषा, डा नारायणविक्रम थापा काठमाडौं, बिर्ख रावल कैलाली, अनिता शर्मा नवलपरासी, डा. महेन्द्रकुमार मल्ल सुर्खेत, विपीन अधिकारी तनहुँ, विकासकुमार रोका ललितपुर, डा लालबहादुर पुन बागलुङ, पेम्वा शेर्पा भोजपुर, नवीन श्रेष्ठ गोरखा, डा. कृष्णप्रसाद पौडेल कास्की र सङ्गीता फुँयाल भक्तपुर रहेका छन्।

यसैगरी होम विश्वकर्मा ओखलढुङगा, सञ्जय यादव सिरहा, जयराम दाहाल नुवाकोट, डा सुरज काफ्ले काठमाडौं, विजय सम्वाहाम्फे लिम्बू तेह्रथुम, धर्मेन्द्रकाजी श्रेष्ठ गोरखा, अइन्द्र केरुङ झापा, लक्ष्मण पन्थी अर्घाखाँची, महेश नेपाली काठमाडौं, सानुबाबु महर्जन ललितपुर र ई. भुवन भट्ट डडेल्धुरालाई सदस्य थप गरिएको छ।

यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले पार्टीका केन्द्रीय सदस्य पौडेलको संयोजकत्वमा अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमिति गठन गरेका थिए। 

आचारसंहिता अनुगमन उपसमितिमा सदस्य थप

Shivam cement

कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिमा २० सदस्य थप गरेको छ। कांग्रेसले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर पार्टी केन्द्रीय सदस्य मीन विश्वकर्माको संयोजकत्वमा रहेको उक्त समितिमा शनिबार २० सदस्य थप गरेको हो।

उक्त समितिमा पवन अधिकारी सुनसरी, छायाँ सुनार कालिकोट, सुरेन्द्रगोविन्द जोशी ललितपुर, अधिवक्ता निकिता ढुङ्गाना काठमाडौं, यमुना खड्का विश्वकर्मा तनहुँ, प्रेमराज गिरी सिन्धुपाल्चोक, अञ्जना अर्याल नुवाकोट, रोहित विश्वकर्मा भोजपुर, निराजन लुइँटेल काभ्रेपलाञ्चोक, डिल्लीराम सुवेदी बागलुङलाई थप गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

यस्तै मिथिलेश मिश्र रौतहट, वीरेन्द्र सल्यानी सल्यान, गणेश टण्डन गुल्मी, लोकराज अवस्थी बझाङ, दुर्गा सापकोटा झापा, दिनेश राई खोटाङ, सोनाम थिङ लामा सिन्धुपाल्चोक, भूमि राजवंशी झापा, ई सरोज राई खोटाङ र ई सुजन भट्ट गोरखा रहनुभएको छ।

यसअघि पार्टीका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमिति गठन गरेका थिए।

प्रकाशित: May 01, 2022| 12:14 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...