शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कालिकालाई भ्रष्टाचारमुक्त बनाउने मेरो लक्ष्य : मेयर उम्मेदवार रेग्मी

कालिकालाई भ्रष्टाचारमुक्त बनाउने मेरो लक्ष्य : मेयर उम्मेदवार रेग्मी

चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेबाट उमेदवारी दिएका विनोद रेग्मीले कालिकालाई भ्रष्टाचारमुक्त बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

चितवन– चितवनको कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेबाट उमेदवारी दिएका विनोद रेग्मीले कालिकालाई भ्रष्टाचारमुक्त बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्। नगरलाई भ्रष्टाचारमुक्त बनाएर समृद्ध र समुन्नत बनाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

एमाले कालिका वडा नं १ का कोणसभालाई सम्वोधन गर्दै मेयरका उम्मेदवार रेग्मीले नगरको समुन्नत विकासका लागि एमालेको विकल्प नभएको बताए। हाल नेकपा एमालेकै नेतृत्वबाट चुनिएका जनप्रतिनिधिले कालिकाको विकास र समृद्धिको सुरूवात भएको बताउँदै रेग्मीले अपुरा योजनालाई आफूले पूर्णता दिने बताए।

शिक्षा, स्वास्थ्य, सडक लगायतका सम्पूर्ण विकास निर्माणका काममा कुनै पनि कमी हुन नदिने उनले बताए। भ्रष्टाचार शून्य नगरपालिका बनाई देशकै उत्कृष्ट, समुन्नत र समृद्ध कालिका बनाउने आफ्नो मुख्य लक्ष्य रहेको समेत रेग्मीले बताए।

प्रकाशित: May 01, 2022| 10:22 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...