मंगलबार, असार ९, २०८३

चुनावी सभालाई सम्बोधन गर्न ओली भरतपुर जाने

नेकपा एमालेले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा वैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं– नेकपा एमालेले भरतपुर महानगरपालिकामा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा वैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ। भरतपुर बसपार्क परिसरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार समिति संयोजक तेजेन्द्र खड्काले जानकारी दिए। 

National life

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ,’ खड्काले भने।

त्यसअघि भरतपुर महानगरका विभिन्न चार वटा स्थानमा क्षेत्रीय सभा गरिने प्रचार समितिले जनाएको छ। 

समितिका सचिव हरिप्रसाद पोखरेलका अनुसार वैशाख १८ गते दिउसो १ बजे वडा नं १४ शिवनगर, २० गते दिउँसो १ बजे बिजयनगर, २२ गते दिउँसो १ बजे चनौली, २४ गते दिउँसो १ बजे पर्साढापमा क्षेत्रीय चुनावी सभा हुनेछ। 

भरतपुर महानगरमा मेयर पदको लागि एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन्। एमाले–राप्रपा तालमेलपछि उपमेयरमा राप्रपाबाट हिमला गुरुङ छन्। सुवेदी र गुरुङले हाल संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन्।

Shivam cement

प्रकाशित: May 01, 2022| 10:12 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...