शुक्रबार, साउन २९, २०८३

राप्रपाका क्षेत्रीय अध्यक्षसहित ६० जना एमालेमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ का अध्यक्ष रियाजुद्धिन खानसहित ६० जना एमालेमा प्रवेश गरेका छन्।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

रुपन्देही- राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ का अध्यक्ष रियाजुद्धिन खानसहित ६० जना एमालेमा प्रवेश गरेका छन्। 

पञ्चायतकालमा बर्सौली प्रधानपञ्च स्व.काशिम खानका छोरा उनी यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा राप्रपाबाट गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका थिए। उक्त समयमा खान ५ सय ८० मतले मात्र पराजित भएका थिए।

उनको नेतृत्वमा मोहम्मद मुस्ताफा, जितेन्द्र धरिकार, जोखु यादव, तुलसी चाई, समिम खानलगायत करिब ६० जना एमालेमा प्रवेश गरेको रुपन्देही एमालेले जनाएको छ।

मायादेवी गाउँपालिका वडानम्बर ५ निवासी खानसहितको टीमलाई पार्टीका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित जिल्ला अध्यक्ष तेजेन्द्र केसी तथा केन्द्रीय नेताहरुले स्वागत गरेका हुन्।

प्रकाशित: May 01, 2022| 09:50 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...