शुक्रबार, साउन २९, २०८३

एक लाख ५३ हजारमा आठ हजार उम्मेदवरी फिर्ता

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि देशभर आठ हजार उम्मेदवारी फिर्ता भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले शुक्रबार बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि देशभर आठ हजार उम्मेदवारी फिर्ता भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले शुक्रबार बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो।

निर्धारित समयभित्र देशभरका एक लाख ५३ हजार उम्मेदवारहरुमध्ये आठ हजार फिर्ता लिएका हुन्। आयोगले शनिबार कायम रहेका उम्मेदवारहरुलाई निर्वाचन चिह्‍न प्रदान गरिरहेको छ। 

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार अपराह्न ५ बजेसम्म निर्वाचनका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। 

आयोगका प्रवक्ता शालीग्राम पौडेलले भने, ‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिब ८ हजार छ। एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिब ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन्। त्यसमा करिब एक लाख ४५ हजार करिब उम्मेदवार कायम हुने देखिन्छ। आज चुनाव चिह्न प्रदान हुन्छ।’

शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको थियो। 

प्रकाशित: Apr 30, 2022| 16:59 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...