बुधबार, असार १०, २०८३

जगन्नाथलाई ‘भुइँकटहर’, गोपाललाई ‘आँप’ र बालेनलाई ‘लौरो’ चिन्ह

निर्वाचन आयोगले भरतपुर महागरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर निर्वाचन चिह्न पाएका छन्। उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले उक्त निर्वाचन चिह्न प्रदान गरेको हो।
 |  शनिबार, वैशाख १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १७, २०७९

काठमाडौं- निर्वाचन आयोगले भरतपुर महागरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर निर्वाचन चिह्न पाएका छन्। उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले उक्त निर्वाचन चिह्न प्रदान गरेको हो।

National life

भरतपुर महानगरपालिका पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा नेकपा (माओवादी केन्द्र)लाई परेपछि उनी असन्तुष्ट हुँदा बागी उम्मेदवार बनेका हुन्। उनलाई कांग्रेसले शुक्रबार साधारण सदस्यबाट समेत हटाएको छ। उनको उम्मेदवारी फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, दुई मन्त्री बालकृष्ण खाँड र उमेश श्रेष्ठ र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलगायतको प्रयास विफल भएको हो। 

अब ३० वैशाखमा हुने निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको भुइँकटहर चिह्न लिएर सहभागी हुने भएका छन्।

काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका बालेन्द्र शाह ‘बालेन’ले ‘लौरो’ चिन्ह पाएका छन्। उता धनगढीको उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाएका छन्।


प्रकाशित: Apr 30, 2022| 15:37 शनिबार, वैशाख १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...